
गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी
आँसुले नै तकियालाई धुन्छन परदेशबासी
पूरै रात छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै
विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी
स्वर्ग भन्दा राम्रो संसार कल्पनामा बुन्दै
सपनीको सगरमाथा छुन्छन परदेशबासी
बाध्यता र विवसताले सुदूर पुगे पनि
हृदयले आफ्नै देश चुन्छन परदेशबासी
"जननी र जन्मभूमि संसारभरमै ठूला "
यस्तैकुरा मनमनमा गुन्छन परदेशबासी
गजलकार - कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
रचना मिती - 25 Dec,2012
आँसुले नै तकियालाई धुन्छन परदेशबासी
पूरै रात छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै
विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी
स्वर्ग भन्दा राम्रो संसार कल्पनामा बुन्दै
सपनीको सगरमाथा छुन्छन परदेशबासी
बाध्यता र विवसताले सुदूर पुगे पनि
हृदयले आफ्नै देश चुन्छन परदेशबासी
"जननी र जन्मभूमि संसारभरमै ठूला "
यस्तैकुरा मनमनमा गुन्छन परदेशबासी
गजलकार - कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
रचना मिती - 25 Dec,2012

Post a Comment