
प्यारी छुटेका फुर्वा ,
मुटु दुखेका सँगी ,
झोली सुकेका जोगी ,
हेर खुलेको दिन हाम्रै लागि हो चिन ,
बोल्नु छ आज हाम्रै आवाज छिनछिन ।
आऊ , जाऔँ , हेरौँ
खलो छोडेरै आऊ ,
हलो छोडेरै आऊ ,
दुख्दिनन् प्यारी आज साँचो बोलेरै आऊ ,
पुनर्मिलनको आभाष मिती तोकेरै आऊ ।
पर्दा च्यातेका कान ,
ज्योति गुमेका आँखा ,
छामछाम छुमछुम गर्दै राँको बालेर आऊ ।
एक हुल न्यायधिश पल्टाउछन् रे डोका ,
कोरेर कोचिएका झुत्रे मकै खोसेल्टा ।
एक हुल सैन्य जत्था नझुल्कदै विहान ,
खोतल्दैछन् रे हेर चिच्याईरहेको चिहान ।
आऊ जाऔँ हेरौँ रहस्य के छ त !
सुनौँ बुझौँ पढौँ रहस्य के छ त !
तिन करोड जन का छाती कटर पाके झैँ छन् रे ,
विधानसभाका डाक्टर चिनी साटे झैँ छन् रे ,
चिरफार गरौँ आजै मिचेका सिमा कति ?
बेचेर आँगन आफ्नै भरेका बिमा कति ?
नियाल्छौँ हामी आज जाली कुक्रित्य कर्म ,
को को थे मिली लुट्ने कोमल नारित्व मर्म ।
डिग्री सकेका निरक्षर ,
पाईन्ट झरेका कन्डक्टर ,
पागल बनेका प्रेमी ,
र मेरा अग्रज मास्टर ,
दुःखी छौ आज भने आऊ जाऔँ र हेरौँ ,
दारीमा झुण्डी रम्ने सन्तानका लागी वोलौँ ।
आऊ जाऔँ हेरौँ
लेखक - शिव रेग्मी
गोविन्दपुर 2 मोरङ

Post a Comment