गजल
मेरो पेसै किसान ऊ भन्दै थियो
यसैमा छ जीवन ऊ भन्दै थियो
खेत बारी हरियाली भए पुग्छ
प्रकृती नै सिरान ऊ भन्दै थियो
लटरम्ब झुलुन सुनबाला खेतमा
त्यहीनै हो सिजन ऊ भन्दै थियो
यी बाल बचेरा अघाउन मज्जले
चाईदैन त्यो धन ऊ भन्दै थियो
मेहेनती किसन हुँ गौरब गर्छु म
गर्भिन्छ यो मन ऊ भन्दै थियो
रकआईरन गनेश
फुएतप्पा ५ ईलाम
२०६९ चैत्र १५ इन्छन कोरिया mar 28
Post a Comment