जिन्दगी सफर गरिरहेछ बेदनाबाट
यस्तै यस्तै बुझियो घटनै घटनाबाट
अनेकौ सोचपछी मात्र एउटा यथार्थ जन्मन्छ
यसरी आक्रान्त छ जिन्दगी चाहनाबाट
बधाई दिएर हिजो कसैले असफल बनाएथ्यो ,
भोली देखी बच्नु छ मलाई शुभकामनाबाट
कसैको सफल जीवनमा खोट किन खोजिन्छ ?
जीवन झन बलियो बन्छ आलोचनाबाट
तिम्रो प्रेम ,थोपा जसरी फिक्का भईदिन्छ ,
यादले छोडेको बर्षातको सम्झनाबाट
-- सन्दीप गौतम
(हाल पाेखरा, इन्सास)

Post a Comment