
म पोखरा विश्वविद्यालयमा अध्ययन गर्छु , यस विश्वविद्यालय अन्तर्गत देशभरी चार दर्जन भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरु छन् र त्यसअन्तर्गत २५००० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छौँ । विश्वविद्यालयमा आर्थिक हिनामीना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष अगाडीदेखी छानबिन सुरु गर्यो र २४ जना पदाधिकारी , कर्मचारी एवं शिक्षकहरुलाई निलम्बन गर्यो । विशेष अदालतको साउन १८ गतेको फैसलाले 'भ्रस्टाचारको यथेष्ट प्रमाण जुटाउन नसकेकोले भोलीपल्ट देखी नै आफ्नो काममा फर्किन सकिने' सफाई दियो । अर्थात विश्वविद्यालयले जित्यो र अख्तियारले हार्यो । विश्वविद्यालयका कर्मचारी , शिक्षक एवं सम्पुर्ण विद्यार्थीहरुबाट यो कदमको स्वागत गर्दै खुसियाली मनाईयो , पुराना पदाधिकारीहरुलाई ससम्मान स्वागत गरियो । विश्वविद्यालय अनियमितता तर्फ धकेलिदै गरेको अवस्थामा निलम्बनमा रहेका पदाधीकारी , कर्मचारी एवं शिक्षकहरु पुन: आफ्नो काममा फर्किनुले सम्पुर्णमा एक प्रकारको खुसी थपिनु सामान्य थियो । तर आफु काममा फर्केको एक हप्ता पनि नबित्दै 'फ्याकेल्टी अफ साईन्स एण्ड टेक्नोलोजी'का डिनले राजिनामा दिनु , उपकुलपतीको कार्यकाल सकिनु , नयाँ उपकुलततीको नियुक्ती नहुनु र रजिस्टारको पनि राजिनामा आउनुले सम्पुर्ण आशा निरासामा बदलीदिएको छ । यसै पनि विश्वका अन्य विश्वविद्यालयसंग दाँज्नुपर्दा 'दुरबिन' लगाएर खोज्नुपर्ने अवस्था आईसकेको यस पोखरा विश्वविद्यालयमा महिनौ बितीसक्दा पनि उपकुलपतीको नियुक्ती हुन नसक्नुले सम्पुर्ण विद्यार्थी शिक्षक एवं कर्मचारीको भविश्यनै अन्धकारतर्फ धकेलीरहेको आभास हुँदैछ । यत्तीका समय बितीसक्दा समेत प्रमुख दलहरुबिचमा भागबण्डा नमिल्नुले कतीसम्म असर पर्न सक्छ , यो कुराको हेक्का सायद कुलपती एवं सहकुलपती दुबैलाई हुनुपर्ने हो , हैन र ? आफ्नो निहित स्वार्थका निम्ती कुनै पनि ब्यक्ती या संगठनले हामी हजारौँ विद्यार्थीको भविश्य अन्धकारमा पार्ने अधिकार कस्ले दियो ? डिन सरको राजिनामा संसगै उता 'स्कुल अफ ईन्जिनिएरिङ' एवं 'स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सेस'का शिक्षक , कर्मचारीको तलब लगाएतका सम्पुर्ण आर्थिक कार्यहरु ठप्प छन् , केमिकल एवं सामाग्रीको अभावमा अघिल्लो सेमिस्टारको ल्याब एवं प्रयोगातमक कक्षा समेत सञ्चालन हुन सकेको छैन भने उता उपकुलपती तथा रजिस्टार दुबै पद रिक्त रहँदा केन्द्रिय कार्यालयको प्राय सम्पुर्ण कार्य ठप्प छ । संसगै रिक्त रहेका अन्य विश्वविद्यालयका उपकुलपती लगाएतका पदाधीकारीहरुको नियुक्ती भैसक्दा पनि पोखरा विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलाई किन सौताका सन्तानका रुपमा हेरियो ? दिनहुँ समस्या थपिँदै गर्दा पनि उपकुतपतीको नियुक्ती नहुँदा समस्याले बिकराल रुप लिदै गैरहेको अवस्था छ । यसरी समस्या नै समस्याको उल्झनमा नियुक्ती हुने पदाधीकारीले समस्या सुल्झाउनु सक्लान र ? उच्च माध्यामीक शिक्षा परिषदले कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्दा समेत नयाँ भर्नासम्बन्दी केही सुचना प्रकासन हुन सकेको छैन , के अरु सम्पुर्ण प्राईभेट कलेजहरुका भर्ना सकिएपछी बल्ल भर्ना लिने हो आंगिक कलेजले ? या त कतै पढ्न नपाएका विद्यार्थीलाई पढाउने ठेक्का लिएको छ पोखरा विश्वविद्यालयले ? यो सबको पछाडी उपकुलपतीको नियुक्ती प्रमुख खम्बा बनेर उभिएको सबैलाई अबगत नै छ । एक त शैक्षिक क्षेत्रमा राजनितीक भागबन्डा , त्यसमाथी महिनौँसम्म पनि रिक्त पदमा उपकुलपती नियुक्त गर्न नसक्नु कतीसम्मको लाजमर्नु हो ? यस विषयमा सरकारको जती सक्दो चाडै ध्यान जाओस् नत्र ईन्जिनियरीङ क्षेत्रमा पनि अर्का 'गोविन्द केसी' को जन्म नहोला भन्न सकिँदैन । विश्वकै न. १ विश्वविद्यालय बनाउने सपना बोकेर खोलिएको यस विश्वविद्यालय अब चाडैनै पछाडीबाट न. १ नबन्ला भन्न सकिँदैन । के यही हो त हाम्रो भविश्य ? हामी तमाम बिद्यार्थीले आफ्नो विश्वविद्यालयलाई कहाँ खोज्ने ? कहाँ खेज्ने आफ्नो भविश्य ?

-आशिष दनाई
विद्यार्थी
स्कुल अफ ईन्जिनियरिङ , पोखरा विश्वविद्यालय
स्कुल अफ ईन्जिनियरिङ , पोखरा विश्वविद्यालय
Post a Comment