अखिर बिकल्प के : दाउरा ? | आशिष दनाई
0 comments
देशमा नाकाबन्दिले बिकराल अवस्था सिर्जना गरेको छ , पेट्रोलियम पदार्थको हाहाकार छ ! सरकाले बैकल्पिक उर्जातिर ध्यान दिनु जरुरी भैसकेको अवस्था छ । सरकारले काठमाडौमा दाउरा बाडेको मिडियाहरुबाट जानकारी पाएँ । त्यो एक प्रकारले राम्रो कार्य हो भन्ने मेरो बुझाई हो । यदी आज दाउरा नबाडेकोभए , सरकारले दाउरापनि बाडेन भनेर लेख्नेमा सायद म पनि हुन्थेँ होला , किनकी हामीलाई यस्तै बानी परिसकेको छ ! सरकारी कदमको पक्षमा या बिपक्षमा कुरा नगरौँ , आज यस लेखमार्फत ग्याँसको केही बिकल्पहरुको बारेमा छलफल गर्दैछु ।
एकप्रकारले सोच्दा दाउरापनि ग्याँसको बिकल्प हुनसक्छ । तर त्यसले सम्पुर्ण जनतामा राहत पुर्याउला भन्नेमा बिश्वस्त हुन सकिदैन । बिशेषत: सहरमा बस्ने सर्वसाधारण कमैको मात्र आफ्नो घर हुन्छ , धेरै भाडामा बसिरहेका हुन्छन् । भाडामा बस्ने सबैलाई दाउरामा पकाएर खाने ब्यवस्था मिलाउनु अवश्य पनि कठिन कुरा हो । दाउराले घरबेटीलाई केही मात्रामा राहत पुर्याए पनि सबैलाई समेट्न नसकेको यथार्थ खुलस्त छ । त्यसैले दाउराको सहरमा भन्दा पनि गाउँमा ब्यवस्थापन गरेर सहरका निम्ती अन्य बिकल्प खोज्ने कि?
अर्को भरपर्दो बिकल्क बिजुली हो भन्ने कुरामा सायद मैले चर्चा गरिराख्नी नपर्ला । बरु कसरी बिजुलीको उत्पादन बढाउन सकिएला भन्ने बिषयमा छलफल केन्द्रित पार्ने कि ! जलस्रोतमा विश्वको दोस्रो ठुलो देश हो नेपाल , तर हाम्रॅ बिडम्बना हामी दिनको १५ घण्टा लोडसेडिङमा बस्न बाध्य छौ , यस्तै अवस्थामा बिजुलीमा खाना बनाउने कुरा सपनाजस्ते लाग्ला । तर जलश्रोतबाट उत्पादित बिजुलीलाई मात्र बिजुली नभनौ । नेपालमा अन्य श्रोतहरुबाट पनि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने कुरा बिभिन्न सर्बेक्षणले पुष्टी गरिसकोको छ । देशको राजधानी काठमाडौमा मात्र हावाको माध्ययमबाट ३००० मेघावाट बिजुली उत्पादन गर्ने सकिने अध्ययनले देखाएको छ । त्यस्तै घामबाट बिजुली निकाल्न सकिने तर्फ त हामी धेरै परिचित पनि छौँ । यद्यपी खर्चिलो हुनेकारण ठुलाठुला सोलार परियोजनाको निर्माणमा जोड दिन सकिरहेको छैन ।
त्यस्तै नेपालमा प्रयोगमा नआएको तर प्रयोगमा ल्याउन सकिने अर्को बिजुली उत्पादनको माध्ययम हो - फोहोरबाट बिजुली । संयुक्त रास्ट्रसंघको सन २००२ को तथ्याङ्कले त्यहाँको जम्मा उत्पादनको ०.३ प्रतिशत अर्थात २२३८ मेघावाट बिजुली फोहोरबाट उत्पादन गरिएको बताउँछ (जुन अनुपात हाम्रो देशमा उत्पादित बिजुलीको दुई गुणा भन्दा पनि बढी हो ) । फोहोर ब्यवस्थापनमा कठिनाई र ठाउँको अभाब भैरहेको अवस्थामा फोहोरबाट बिजुली निकालेर लोडेसेडिङ कम गर्ने बिषयमा सरोकारवाला निकाएको ध्यान जान सके हामी सधै परनिर्भर हुन पनि पर्थेन कि !
-आशिष दनाई
बेसीशहर लमजुङ
Post a Comment