तिम्रो घरको बाटो तिर हेर्दै निस्किए
हाम्रो प्रेमको बादक सबलाई सेर्दै निस्किए
देख्छु कि त तिमलाई तिम्रै घरअगाडी भन्दै
उपहरमा दिएको सर्ट फेर्दै निस्किए
माया गर्छु तिमीसँग दुनियालाई भन्दै
तिमलाई आफ्नै अंगालोमा बेर्दै निस्किए
तिमि बाहेक यो मुटुमा अरु कोहि छैन
तिम्रै नाम रिदयमा केर्दै निस्किए
-आशिष दनाई
this gazal is played in bulbul
==========================
मायाँसगं भेट्ने इच्छा थियो धेरै धेरै
आखिर आज भेट भयो सपनीमा मेरै
हाम्रो भेट नभाकोनी धेरै बर्ष भयो
तिमलाई भेट्न आउदैछु भएन अवेरै
मायाँ तिम्रो सम्झनाले मेरो मन पोल्छ
छड्छु विदेश भोलि नेपाल आउदै छु सबेरै
कमाकोछु पैसा पनि अव के को दुःख
संगै बसौँ अब हामी घरबार गरेरै
मायाँसंग भेट्ने इच्छा थियो धेरै धेरै
आखिर आज भेट भयो सपनिमा मेरै
-आशिष दनाई
=========================
नेपाल
यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले
भरिपुर्ण हेरीरहु लाग्छ
पुर्वदेखी पश्चिमसम्म
सस्कृतिको खानी
नेपालको
सस्कृति यो हेरीरहु लाग्छ
सगरमाथा नेपालैमा, बुद्द
यहि जन्मे
सर्वोच्च
यो सगरमारथा हेरीरहु लाग्छ
जल सम्पदामा नेपाल विश्वमै
छ दोस्रो
नेपालका
खोला नाला हेरीरहु लाग्छ
नेपाल
यो कती राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ
-आशिष दनाई
==============================
निस्ठुरिले
धोका दियौ, यो मुटुमा दाउ लाग्यो
अर्कैकी
हुँ भन्यौ तिमले कलेजीमा घाउ लाग्यो
एकै
रथका दुई पन्ग्रा हौ भन्थे तिमी र म
तिम्रा
सारा वाचावन्धन केवल झुटा नाउँ लाग्यो
तिमी
र म सँगै सँगै हिड्ने गर्थौ सधै
त्यसैले
त निस्ठुरी तिमीलाई भाउ लाग्यो
धन
सम्पत्ती सबै सिदियो निस्ठुरीको जालमा पर्दा
बाच्ने
इच्छा पनि सिदियो स्वर्गातीरै जाऊँ लाग्यो
निस्ठुरिले
धोका दियौ, यो मुटुमा दाउ लाग्यो
अर्कैकी
हुँ भन्यौ तिमले कलेजीमा घाउ लाग्यो
-आशिष दनाई
==============================
चिन्ता लाग्छ यो देशलाई नेताहरुले खाइसके
जनतालाई कंगाल बनाई पैसाको माला लाइसके
आपत बिपत पर्दा उनलाई जनतालाई गुहार्दछन्
जनाताकै पैसा खाई आफुले महल ठडाईसके
जनताको भोट माग्दा यो पार्टी त्यो पार्टी भन्छन्
मन्त्री हुने होडमा पार्टी हजार पल्ट फुटाइसके
म यो मन्त्री त त्यो मन्त्री बाडफाड गर्न गाह्रो
सम्बिधान बनाउने
छाट यिनले मेटाइसके
चिन्ता लाग्छ यो देशलाई नेताहरुले खाइसके
जनतालाई कंगाल बनाई पैसाको माला लाइसके -आशिष दनाई
==============================
मलाई
जस्तै तिमीलाई पनि त्यहाँ तेस्तै भा'छ होला
मलाई
जस्तै तिमीलाई पनि मेरो याद आ'छ होला।
हामी
दुईको माया प्रेमको चर्चा चल्थो गाउँभरी
हाम्रो
प्रेमको गीत गाउने बुलबुल चरा का'छ होला
परिवारको
दुस्मनीले हाम्रो प्रेममा आगो लाग्यो
अर्कै
सँग बिहे गर्दा तिमीलाई कस्तो ला'छ होला
बिछोड
भयो आज हाम्रो भेटघाट पनि भाको छैन
बुलबुल
जोडी रुखमा बसी बिरह गीत गा'छ होला
मलाई
जस्तै तिमीलाई पनि त्यहाँ तेस्तै भा'छ होला
मलाई जस्तै तिमीलाई पनि मेरो याद आ'छ होला
-आशिष दनाई
==============================
धन
कमाउन बिदेश जान्छु भन्दै छौ रे तिमी
जग्गा
धितो रेखी पैसा गन्दै छौ रे तिमी
काम
गरे नेपालमानी कमाइन्छ पैसा
नेपालमानी
के काम गर्नु भन्दै छौ रे तिमी
जहिले
पनि सरकारको मुख ताक्ने हामी
रोजगारी
छैन यहाँ भन्दै छौ रे तिमी
दाजु
भाई सँगै मिली गाउँमै केही गर्नुपर्छ
बिदेशमै
जाउँ दाजु भाई भन्दै छौ रे तिमी
पशुपलन
गर्न सके राम्रो फाईदा हुन्छ यहाँ
गाई भैंसी पल्न दु:ख भन्दै छु रे तिमी
-आशिष दनाई
===========================
Post a Comment