
दोबाटोमा साथ माग्दा दिन्ऩौ भने हात किन ?
पल पल हरेक पल तिम्रै निम्ति बाचेको छु
मरे मरोस् भिरबाट हान्छौ भने लात किन ?
लालिगुरास अजम्मरी बेली पुष्प गुलाबका
फुलको सट्टा बगैचामा टिप्छौ भने पात किन ?
तिमीलाई मन पराँए भुल भयो मेरो के
पथ्थररुपि मन तिम्रो सोथ्छौ भने जात किन ?
तिमि जस्तो निस्ठुरीलाई मैले माया गरे
भने दुनियाँको सामु आज गर्छौ भने बात किन ?
कुमार शिल
धुसेनी-5, कोईरालाफाँट, लम्जुङ
हाल गङगबु,काठमाण्डौ ।
Post a Comment