“यो साँझ यो सुबाश”
उत्कृस्ट गजल छनोट-२ सम्बन्धमा
के ?
बिगत मा जस्तै, कार्यक्रम ‘यो साँझ
यो सुबाश’ ले फेरी एक पटक ‘यो साँझ यो सुबाश’ मा बाचन भएका गजलहरु मध्ये
बाट एक गजल लाई उत्कृस्ट गजलको रुपमा छनोट गर्दै छ.
किन?
गजलकार हरुलाई प्रोत्साहन प्रदान गर्न. गजलकार र उसको सृजनालाई सबै सामु सम्मान गर्न, र परिचय गराउन.
कहाँ?
रंसी मिडियाको प्रस्तुति साप्ताहिक रेडियो कार्यक्रम ‘यो साँझ यो सुबाश’
को?
शृंखला २६ देखि ३९ सम्म बाचन भएका गजल र सम्बन्धित गजलकार हरु.
कार्यक्रमको शृंखला २६ देखि ३९
सम्ममा बाचन भएका गजल हरु बाट, कार्यक्रम उत्पादक रंसी मिडिया को ‘निर्णायक
मण्डल’ ले एक दर्जन गजल लाई भोटिंग (मत) का लागि मनोनयन गर्ने छ.
कसरि?
मनोनयन मा परेका गजल बाट उत्कृस्टको छनोट दुइ प्रक्रिया बाट गरिनेछ,
१. फेसबुक (४० प्रतिसत ) **
२.’निर्णायक मण्डल’ ( ६० प्रतिसत)
**सामाजिक संजाल फेसबुकमा प्राप्त “लाइक” –एक लाइक बराबर एक मत मानिनेछ.
कहिले?
मनोनयन सार्बजनिक अगस्त १२
तारिख , २०१२, रति १२ बजे (टेक्सासको समय) मा www.Ransimedia.com र
कार्यक्रमको फेसबुक पेज मार्फत गरिनेछ.
फेसबुक मा भोटिंग अगस्त १९ तारिख, २०१२ , रति १२ बजे सम्म खुला रहनेछ.
उत्कृष्ट गजल को नतिजा कार्यक्रम को ४० औ शृंखला, अगस्त २१ तारिख, २०१२ मा जानकारी गराईनेछ.
नोट:
समपुर्ण अधिकार ‘यो साँझ यो सुबाश’ टिम मा निहित रहनेछ.
यो छनोट प्रक्रिया मा समाबेश हुन नचाहने गजलकार ले अगस्त १५ अगावै जानकारी गराउनु पर्ने छ.
धन्यवाद ,
यो साँझ यो सुबाश परिवार ।
Post a Comment