हाम्लाई एक हुन दिन्नन् मरम प्रियसी
कि त समाज त्यागि अन्तै सरम प्रियसी
छुट्टिएर एक पल बाँच्न सकिदैन बरू
दुःख सुख जे पर्छ त्यही गरम प्रियसी
हातको खुसी खोसिन दिन हुन्न सानु
बिन्ती गर्दै प्रभुको शरण परम प्रियसी
तिमी मेरी म तिम्रो छुट्टै संसार हुन्छ
खुसी हुन दुखको जङ्घार तरम प्रियसी
प्रेमको यो सारा मैदान मात्रै तिम्रो मेरो
जता खुसी मिल्छ त्यतै चरम प्रियसी
रचनाकार - सन्देश ज्ञवाली "स्मार्ट"
छिस्ती-6 बाग्लुङ्
हाल - बुटबल,रुपन्देही
रचना मिति:- २०६९-०९-०९
Post a Comment