लघुकथा - रिजेक्कटेड
लेखक - आशिष दनाई
लेखक - आशिष दनाई
उ मौन थियो । उसका ओठहरु कपिरहेका थिए । कोठामा साथिहरु आपसमा हल्ला गरिरहेका थिए । म उ तिर फर्किए, तर उ टोलाईरहेको थियो । मलाई थाहा थियो आजको दिन उस्को लागी निकै महत्वोपूर्ण थियो । आज उस्ले उस्को प्रेमको आग्निपरिक्षा दिएर आएको थियो । मलाई कतिखेर उसँग कुरा गरु जस्तो लागिरहेको थियो । तर साथीहरुको माझ, त्यहाँको कोलहाल बिच उसंग बोल्ने मौका मिलिरहेको थिएन । उ कसैसंग पनि कुरा गारिरहेको थिएन र उस्को मौन अनुहार देखेर मेरो मन मा डर पलायो ।
एकछिन पछी साथीहरु आ- आफ्नो घरतिर गए, उ अझै त्यस्तै थियो । एकदम एक्लो र असाहाय जस्तो देखियो उ । म उस्को नजिकै गएँ र सोधें, के भयो ? उस्ले आफैसंग साउती मारेझै भन्यो “रिजेक्टेड” ।

Post a Comment