
गजल
नजर हरु झुकेको बेला नयाँ बर्ष आएछ
यो मन दुखेको बेला नयाँ बर्ष आएछ
खै कसरी मनाउ तिमी आफैं भनिदेउ
आफ्नै भाग्य फुटेको बेला नयाँ बर्ष आएछ
पराईको दैलोमा दिनरात पसिना बगाई
जिन्दगी नै सुम्पेको बेला नयाँ बर्ष आएछ
हो जतिखेरै रुन्छु म त्यो ईतिहाँस सम्झेर
रगतमा देश मुछेको बेला नयाँ बर्ष आएछ
भो अब म सक्दै सक्दीन समय सँग दौडिन
चिहानमा जीवन फुलेको बेला नयाँ वर्ष आएछ।
नजर हरु झुकेको बेला नयाँ बर्ष आएछ
यो मन दुखेको बेला नयाँ बर्ष आएछ
खै कसरी मनाउ तिमी आफैं भनिदेउ
आफ्नै भाग्य फुटेको बेला नयाँ बर्ष आएछ
पराईको दैलोमा दिनरात पसिना बगाई
जिन्दगी नै सुम्पेको बेला नयाँ बर्ष आएछ
हो जतिखेरै रुन्छु म त्यो ईतिहाँस सम्झेर
रगतमा देश मुछेको बेला नयाँ बर्ष आएछ
भो अब म सक्दै सक्दीन समय सँग दौडिन
चिहानमा जीवन फुलेको बेला नयाँ वर्ष आएछ।
Post a Comment