
मलाई अझै याद छ , एघार फेव्रवरीको रात थियो त्यो । समय बेलुकाको त्यस्तै दश बजेको हुँदोहो ! एउटा सादा पानामा उतारेको थिएँ मैले आफ्ना भावानाहरु , र लेखेको थिएँ - 'म तिमीलाई प्रेम गर्छु , यो मेरो प्रेम-प्रस्ताब स्विकार्नु ल !' बाह्र फेव्रवरी बिहानै गुलावको थुंगासंगै थमाए उनको हातमा प्रेमपत्र । उनले भनीन् - 'मैले सोच्नुपर्छ' ।
चौध फेब्रवरी - प्रणय दिवश थियो , घामले पनि प्रेमील किरणहरु छरेका थिए , चराहरुको प्रेम आफैमा डाहा लाग्दो थियो । लाग्थ्यो सबैलाई हतार थियो आफ्ने प्रेम अविब्यक्त गर्ने , हो ! एक्लै हिड्नेहरु पनि सबै हतारमा देखिन्थे । बरण्डामा बसेर अनेक कल्पनामा हराउँदै थिएँ म , साथीले एउटा चिठ्ठी थमाईदियो मेरो हातमा । पाउनेमा 'आशिष' लेखिएको थियो , पठाउनेमा उनकै नाम थियो । म खुसीले गदगद हुँदै पत्र पढ्न थालेँ । लेखिएका अक्षरहरुमा डौडिन थाले आँखाहरु , मुटुको धडकनले एउटा गती लिन थाल्यो , उड्न लागेको हवाईजहाजलेझैँ । मैले यत्तीमात्र भन्न सकेँ -'तिमीलाई वैवाहिक जिवनको सुभकामना' ।
Audio Coming soon...
Facebook: www.facebook.com/anischaldni

Post a Comment