
साथि भाई भेलामा जम्काभेट भो!!
रंगीचंगी मुहार रुझेको चोली,
पिच्कारिको खेलामा जम्काभेट भो!
मिठो महसुस गर्यो कुहिनाले नि,
ठेलम र ठेलामा जम्काभेट भो !!
जिस्काउँछ तिम्रो त्यो खाली स्युंदोले,
रंग छ हत्केलामा जम्काभेट भो!!!
दाँया बाँया हेरेर लजायौ तिमि,
यी ओठ परेलामा जम्काभेट भो !!
बसेरै बात मार्न हुन्थ्यो नि लाटी!
हतारको बेलामा जम्काभेट भो!!
- "सुमन काले"
Post a Comment