प्रलयको डरले मुटु नै छेड्ने
झीरैझीर पनि दिएर गयौ
हत्या,हिंसा,लूट र बलात्कारको
भीरैभीर पनि दिएर गयौ
बाँच्न खोज्दा शरशैय्या जस्तै
तीरैतीर पनि दिएर गयौ
अर्धजलमा पुर्याएर चोखो
नीरैनीर पनि दिएर गयौ
गजलकार - कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँहाल:-न्युयोर्क,अमेरिका
रचना मिति - 31st December,2013
Post a Comment