नेपालका नेता अघी देश लाई पछी पारदैछन।
आज भोलि भन्दै चुनाब मिति सारदैछन॥
नहुने कुरा आश देखाऐथे जन्तालइ नेताहरूले।
त्येसैले त ति बिस्वास बाट हार्दैछन॥
सहमति सहमति कहिले बन्छ त्यो सहमति।
सहमति भन्दा भन्दै आफ्नो इमान झार्दैछन॥
बेरोजगारि बढदो छ नेतालाइ के था तिनको पिर।
युबा शक्ती दिनका दिन बिदेशमा तार्दैछन॥
महंगीले आकाश छोयो छाक टार्नै मुस्किल।
केही हुन्छ कि भन्ने बेलामा भोक भोकै मार्दैछन॥
गजलकार - नबराज ज्ञवाली
छिस्ती ६ बाग्लुङ
Post a Comment