विपक्षमा उभिने को, दाँत झार्न सक्छौँ।
धेरै लुट्यौँ लुटेको थ्यो, शाही सत्ताले नी,
अझै लुटी जनता यीँ, जोगी पार्न सक्छौँ।
कुट्नीतिज्ञ सिकेका छौँ, चाह्यौँ भने हाम्ले,
नेपाल यो देशलाई, अन्तै सार्न सक्छौँ।
उलङ्घन भए कतै, शान्ती सम्झौता को,
दोषा दोष गराएर, हामी टार्न सक्छौँ।
पुरानो त्यो सत्ता ले झै, अब हामी पनि,
धन फल्ने स्रोतहरु, मेची तार्न सक्छौँ।
रचनाकार - रोशन खड्का ।
दोलखा
हिजो आज - मलेशिया ।
हिजो आज - मलेशिया ।
Post a Comment