एक अबोद बालक झै
कुर्षीमा बसिरहेछन्
नडराएपनी डराएझै
सातो गएझै
चुपचाप बसिरहेछन्
म्याद थपिरहेछन् !
सरकारबाट अध्यादेश आउछ
टुलुटुलु हेरिरहन्छन्
अध्यादेश पास गरिरहन्छन्
म्याद थपीरहन्छन् !
एकतिर सरकार भित्रको डर
अर्कोतिर सरकार बाहिरको डर
डरैडरमा छन्
निलौ कि ओकालौको यो पद
समालिरहेछन्
म्याद थपिरहेछन् !
जती जोड गरेपनी
जती घटाउ गरेपनी
जतीनै गुणान र भाग गरेपनी
हातलायो सुन्य भएपछी
अधिकार केही नभएपछी
चुपचाप बस्नै पर्छ
म्याद थप्नैपर्छ !
बोलेर हुदैन
ढोगेर हुदैन
नेता ईमानदार नभएपछी
भनेको नलाएपछी
म्याद थप्नुको बिकल्प छैन
बिचरा ति राष्ट्रपती र त्यो म्याद ।।
रचनाकार - आशिष दनाई
बेसिशहर लमजुङ
रचना मिती - २०६९-०९-२९
Post a Comment