म अनि केबल मेरो...
स-साना आसय बोकेको पुतलीहरूमा,
खोपिको टुकीबत्तीमा, टुकीको उज्यलोमा,
बारीको कान्लाभरि फुलेको शरदीय उमङ्गमा,
जुनको पछीपछी हिडेका जुनकिरीमा,
कान्लाभरिका पोल्टोभरिका पैयुँहरुमा,
आख्यानमा,आँखाका डिलहरूमा,
गुराँस फूलेको पाखामुनिको कल्पावृक्षमा,
बसन्त-ऋतुका यी यथार्थताहरुमा,
हावापानी का बेगहरुमा,
आशय बोकेको क्यानभासहरुमा,
प्रणयका डिलहरूमा,
गितारको धूनमा-पूर्वसन्ध्यामा,
हुरीले छिरोल्लिएका केशहरूमा,
नयनहरुमा
भावनाका पहाडहरुमा,
आफ्नै कलामा,
आफ्नै प्रिथकथामा,
समयको गहिराईमा
कृतज्ञताको खोजीमा
मेरो आत्मकथामा
म आज आँफै हराएकोमा
खुशी छु।
लेखक:जीवन पाण्डे
(धरैपछीको सोच लेखमा)
Post a Comment