कति बसौँ यहाँ मँ, बाउको विडो थमाई आमा....!
सकिँदैन जुनी काट्न, एक् छाक् मात्र खाई आमा....!
घुम्थे गाँऊघर बाबा हुदाँ, बाबा पनि गएपछि
टालिदैन चुहिने छानो, मँ प्रदेश नधाई आमा....!
लाए भिषा पराई देशको, बेचिएको आभाष भयो
त्यहि कारण केहि वर्ष, भएको छु पराई आमा....!
देश विदेश खानै पर्छ लेखिएको रैछ यस्तै
न बस्नु है पीरै पीरमा त्यो शरिर सुकाई आमा....!
गर्नु ख्याल भाई बहिनीको, आँखा वरिपरि राखी
दशैँ सम्म आउँला घर, पगार पानी उठाई आमा....!
-निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत
Post a Comment