
अघी बढाउ हात, यो चिठी तिमीलाई
प्रेमको सुरुवात, यो चिठी तिमीलाई
सक्दिन म तिमीलाई हिरा मोती दिन
मेरो सानो सौगात, यो चठी तिमीलाई
तिम्रो मनमा के छ खै के छ थाहा छैन
मेरो मनको बात, यो चिठी तिमीलाई
भोली फेरी भेटौला बाँकी कुरा गरौला
आजको भेटघाट, यो चठी तिमिलाई
तिम्रो जवाफ लिन सबेरै आउनेछु
हुदाँ सुभप्रभात, यो चिठी तिमिलाई
२०७०-०३-३०
-आशिष दनाई
बेसिशहर, लमजुङ
Post a Comment