सन २०१४ को प्रेम दिवसको अवसरमा पोखरा विश्वविद्यालय साहित्य सामाजले आयोजना गरेको खुल्ला प्रेमपत्र लेखन प्रतियोगितामा प्रथम हुन सफल के. आर ढकाल जि को प्रेमपत्रको जवाफ आएको छ, अनामीकाको तर्फवाट ।
के आर जी को प्रेम पत्र सुन्नका लागी यहाँ Click गर्नुहोला ।
अनामिकाको पत्र के.आर.ढकालको लागि यसप्रकार रहेको छ.......
प्रिय के.आर.
आरामता चाहन्छु ।
आराम छु त कसरी भनौँ, औपचारिकता पुरा गर्नको लागि मात्र आराम छु भन्न मनले मानेन । कुनै दिन थियो, जुन दिन हामी दुबै आराम र हर्षित थियौँ, तर दुर्भाग्य ति दिनहरु सधैँ एकैनास रहन सकेनन् । समयसँगै नजिकिएका हामी समयसँगै टाढा हुन पुग्यौँ विना सूचना, विना सम्बोधन ।
आधुनिक प्रविधीलाई धन्यवाद, जसको कारण तिमीले मेरो समर्पणमा लेखेको पत्र पढ्न पाएँ । दुःख लाग्यो, मेरो पत्र मैले भन्दा पहिले धेरैले पढिसकेछन्, सुनिसकेछन् । अरुको पुरा नै सहि, म प्रति समर्पित शव्दहरु मैले हेर्न पाएँ, मैले उच्चारण गर्न पाएँ, र यादहरुलाई पुनः ताजा बनाउन पाएँ । तिमीले हाम्रो भेटको सम्झना गरेका रहेछौ, अनि त्यो सत्यनारायण पुजाको दिनको । तर के.आर. तिमी भ्रममा रहेछौ, हाम्रो भेट त्यो भन्दा धेरै पहिले नै भइसकेको छ ।
हामी एक अर्काप्रति समर्पित भएको लामो समय भइसक्यो सायद सम्झाइदिएँ भने सम्झनेछौ । तिमीलाई याद छ ? तिमीले औपचारिक शिक्षाको सुरुवात गरेका दिनहरु, अनि त्यो स्कुल र ति बालसखाहरु ? हो, तिमी त्यो बेला मामाघरमा बसेर पढ्थ्यौ, आज त्यै मामा घरमा पुजा गर्न आइपुगेका छौ । म तिनै बाल सखाहरुमध्येकी तिम्री प्रियसखा । हुन त, तिमीले नचिन्नुमा मेरो पनि दोस छ, किन कि म सधैँ उत्रै हुन सकिन, जवानीका पुष्पगुच्छाहरु हर्लक्क भएर आए, शरीरको आकार र अनुहारको आकृतिमा परिवर्तन भयो होला । तर के.आर., मन उहि छ, मुटु उहि छ, जहाँ तिमीले बालककालमै प्रेमको विउ रोपेका थियौ, अझ अहिले त त्यो प्रेमको अंकुरण हुँदै हुर्किएर फक्रिसकेको छ । भनौला, मेरो बालसखाहरुको नामावलीमा अनामिका भन्ने नाम नै छैन । माफि चाहन्छु, मैले अन्जानमा भनौँ वा उक्साहटमा ? गल्ति गरेकी छु । सत्यनारायण पुजामा कर्ता बसेरै पनि मैले तिमीलाई झुक्याएँ । सायद त्यो मूर्खता थियो, मेरा केटी साथिहरुको लहै लहैमा लागेर तिमीलाई मूर्ख बनाउनु हुँदैनथ्यो मैले । मैले तिमी सँग सबथोक ढाँटेकी थिएँ त्यो दिन, यति सम्म कि, मेरो नाम समेत । आज लाजले पानी पानी हँुदै भन्दैछु, म अनामिका होइन, त्यो नाम त मेरो नामको पहिलो अक्षरलाई अगाडि राखेर मेरा साथिहरु नारायणी, मिना र कामनाको समेत नामको पहिला अक्षरहरु मिलाएर बनाइको नाम थियो “अनामिका” ।
त्यो पुजाको दिन, जब तिमी मेरो प्यारो बालसखा के.आर. बाट "आचार्य पं. के.आर. गुरु" भएर आएको थाहा पाएँ, मनमा त्यसै त्यसै हुटहुटी भयो, म कसरी बोलौँ ? के भनौँ ? भन्ने सोच्दा सोच्दै म टोलाउँथेँ, हो त्यही बेला तिमीले शान्तिमन्त्र पाठ गर्दै जल छर्किन्थ्यौ, तिमी जल विन्दु भएर मेरो तनमा सयर गर्दा रहेछौ, म पानी पानी भएर बगिरहेकी हुन्थेँ । जब तिमीले टिका लगाइदिएका थियौ, मलाई अझ बढि झुकुँ झुकुँ लागिरहेथ्यो र लाग्थ्यो, त्यो हात थोरै माथि सिउँदोसम्म पुगोस्, तर मेरो दुर्भाग्य, तिमीले टाउकोमा राखिदिनुपर्ने फुल पनि थोरै अक्षता मिसाएर हातमा थमाएर छाड्यौ ।
धेरै पटक मैले हाम्रा प्रिय स्कुले दिनहरु सम्झिएर तिमीलाई हेरी टोलाउँदा नारायणी र मिनाले चिमोटेर झस्काइदिन्थे । मैले त आखिर आँफूलाई तिमी भित्र धेरै पहिले नै समर्पित गरिसकेकी थिएँ भने अहिले टोलाएर हेर्नु कुन चाहिँ नौलो भयो र ? तिमीलाई मेरा यी कुराहरु प्रति विश्वास नलाग्न पनि सक्छ, तर सम्झ त ति दिनहरु, यदि मायाँ हुन्थेन भने, स्कुल जाँदा घरबाट मेरो लागि पठाएको खाजा तिमीलाई दिएर पनि म कसरी अघाएर बस्न सक्थेँ ? तिमीले मेरो सबै भाग खाँदै जान्थ्यौ म अघाउँदै जान्थेँ, के यो माया होइन ? मेरो घरमा पाकेको खाजा बोकेर दौडँदै तिमी भएको ठाउँमा आइपुग्थेँ, के त्यसमा मेरो स्वार्थ थियो ? तर के.आर. तिमीले एक कक्षा पास गरे सँगै खै कता गयौ ? भेटीएनौ, भागवत पढेछौ, आँफुलाई कृष्ण बनाएछौ, तर तिम्री पहिलो प्रेमी म राधा बनेर तिमीले अरुसँग समिप भएको हेर्न सक्नेवाली छैन । मैले तिमीलाई कृष्ण त देखेकी छु, तर मलाई राधाको रुपमा देखिनु छैन । सँसारले पुजा त कृष्ण–रुक्मिणीको गर्दैन, तर पनि म मन मारेर, तन बारेर सम्मान खोज्दिन, म साँसारिक रुपमा नै तिमीलाई पाउन चाहन्छु, यसमा म राधाबाट रुक्मिणी हुन समेत तयार छु , बाँकी तिम्रो इच्छा ।
आज पनि म अधुरी अपुरी छु । त्यसैले त समिप हुने चाहना पुरा गर्न घरी तिमीलाई खाजा लिएर, घरी पानी लिएर, घरी प्रसाद त घरी ओढ्ने लिएर पुगेकी थिएँ । रातैभरी भजन गरेका तिमी एक पटक मात्र भजन मण्डपबाट बाहिरियौ, तिमीलाई पछ्याउँदै गएकी मलाई साथीहरुले रोके । मैले धेरै सर्तहरु गरेर मात्र तिमीलाई भेट्न पाएकी थिएँ, त्यही मध्येको एक थियो नाम । तिमीले आँफू पड्कन नसकेको मकै भएको कुरा गरेका रहेछौ, म पनि कुन चैँ सुखमा छु र आखिर ? तिम्रै पिरले दुब्लाएर मर्न आँटिसकेकी छु, हो के.आर. म झिरमा उनिएको माछो भएर दिन काटिरहेकी छु, विन्ति घात गरि नभन्नु ।
जिन्दगिका धेरै दिनहरु एक्ला एक्लै भएर काट्नुपर्यो । चाहना थिएन त्यो, थियो त केबल बाध्यता । मैले पनि अहिले त 'व्याचलर' सकिसकेँ । तिमीले पनि 'आचार्य' गरेछौ । अब हामी एक हुने बाटो खोजिरहेकी छु मैले पनि । मन मनले चाहेर पनि मुख खोल्न सकेकी थिइन, तर प्रेमदिवसलाई धन्यबाद, तिमीले दुनियाँको आँखामा प्रतियोगि प्रेमपत्र लेखेझैँ गरेर प्रेमपत्र लेखन प्रतियोगितामा प्रस्तुत गरेका रहेछौ । अरुको आँखामा तिमी एउटा राम्रो लेखक, साहित्यकार खै के के हौला, तर मेरो नजरमा तिमी एक सुन्दर समुन्द्र हौ, प्रेमको समुन्द, जहाँ म निर्धक्क पौडन सक्छु, जिवनको डुँगा पाखा लगाएर ।
अब मलाई धेरै कुर्नु छैन के. आर., म पागल बनिसकेकी छु । मेरो सम्पूर्णता तिमी भित्र लुकेको छ । म भन्नु नै तिमी हौ अब । त्यसैले विन्ति,
लेखौँ
कति लेखौँ ? नलेखौँ मनका कुरा सकिएका नै छैनन् । छिट्टै नै भेटेर मनका
सम्पूर्ण कुराहरु खोल्ने आशाका साथ, यो कलमलाई रोक्न चाहन्छु ।
पत्रको आशामा........
के आर जी को प्रेम पत्र सुन्नका लागी यहाँ Click गर्नुहोला ।
अनामिकाको पत्र के.आर.ढकालको लागि यसप्रकार रहेको छ.......
मिति : २०७१ बैशाख १३

"हेर कति दुब्लाइसकेँ खाली तिम्रै पिरमा छु,
पारी जाउँ की वारी बसौँ सोच्दै खोली तिरमा छु ।
भन्न तिमीलाई सजिलो भो घाती रै’छे ‘अनामिका’,
मलाइ भने बुझ्दैनन् कोही माछो जस्तै झिरमा छु ।।"
जिन्दगिका धेरै दिनहरु एक्ला एक्लै भएर काट्नुपर्यो । चाहना थिएन त्यो, थियो त केबल बाध्यता । मैले पनि अहिले त 'व्याचलर' सकिसकेँ । तिमीले पनि 'आचार्य' गरेछौ । अब हामी एक हुने बाटो खोजिरहेकी छु मैले पनि । मन मनले चाहेर पनि मुख खोल्न सकेकी थिइन, तर प्रेमदिवसलाई धन्यबाद, तिमीले दुनियाँको आँखामा प्रतियोगि प्रेमपत्र लेखेझैँ गरेर प्रेमपत्र लेखन प्रतियोगितामा प्रस्तुत गरेका रहेछौ । अरुको आँखामा तिमी एउटा राम्रो लेखक, साहित्यकार खै के के हौला, तर मेरो नजरमा तिमी एक सुन्दर समुन्द्र हौ, प्रेमको समुन्द, जहाँ म निर्धक्क पौडन सक्छु, जिवनको डुँगा पाखा लगाएर ।
अब मलाई धेरै कुर्नु छैन के. आर., म पागल बनिसकेकी छु । मेरो सम्पूर्णता तिमी भित्र लुकेको छ । म भन्नु नै तिमी हौ अब । त्यसैले विन्ति,
"तड्पाउनु तड्पाइसक्यौ अब नतड्पाउ,
मेरै नामको सिन्दुर पोते चुरा किनी आउ,
राधा कृष्ण बनि बसौँ बृन्दाबन भित्र,
जे भनेनि मान्छु विन्ति मलाई नसताउ ।"
पत्रको आशामा........
Post a Comment