
केवल एउटै हासोभित्र मप्रतिको प्यार देख्छु,
तिम्रो न्यानो स्पर्शमा निमेषमै संसार देख्छु .
गल्छेडामा बात मारी हिड्दाहिड्दै प्रित बस्यो,
त्यहि प्रित त्यहि प्यारमा मायाको आधार देख्छु .
सुस्ताएका कल्पना र निदाएका सपना थे,
कल्पना र सपनामै जिन्दगीको सार देख्छु .
बिजय नै जीवन भए जित्नुपर्छ तिमि मलाई,
तिम्रो सामु मेरो जितमा म सधै नै हार देख्छु
-Mahesh Ghritakoushik
Jhapa, Birtamode Nepal
Post a Comment