
रात ढलेको थियो अचानक, निभ्यो बलेको दियो अचानक .
जोत्दा जोत्दै मनका पाटा, टुट्यो मिलेको मियो अचानक .
मात्तिएको रात थियो भात्कियेथ्यो जुन पनि,
आकाशले मदिराको घुट्काहरु पियो अचानक .
सुस्ताएका चाहना सब आत्तिएर ब्युझेका थे,
निदाएको आत्मा पनि निमेशमै जियो अचानक .
रोक्दा रोक्दै आवेग सारा सिउदै थिए उत्तेजना,
तुन्दा तुन्दै मनको तिर्खा झर्यो खिलेको सियो अचानक
Mahesh Ghritakoushik Jhapa, Birtamode Nepal |
Post a Comment