
गजल हामि दुइको जातमाथी भेद हुनेछैन अब, तिम्रो मेरो सम्बन्धमा छेद हुनेछैन अब . म लेखुला नया पुराण, नया गीता नया रिति, तिम्ले पढ्नै नहुने त्यो बेद हुने छैन अब . नबिन समाज बनाउला सुसज्जित र हराभरा, जहाँ हाम्रो सम्बन्धमा खेद हुने छैन अब . सुन्दर महल, दुइ मुटुको इँटा जोडी ठड्याउला, जहाँ पस्न तिमीलाई निषेध हुने छैन अब . -Mahesh Ghritakoushik Jhapa, Birtamode, Nepal |
Post a Comment