
गजल
सधै पढेर के हुन्छ शेरे
सबै पढेर के हुन्छ शेरे
हात लाग्ने त शुन्य न हो
रट्दै पढेर के हुन्छ शेरे
पढेर बुझ्न सक्नुपर्छ
व्यर्थै पढेर के हुन्छ शेरे
ईन्जिनीयर बन्छु भन्दैछस्
बलै पढेर के हुन्छ शेरे
अरु चै राजनिती गर्छन
त चै पढेर के हुन्छ शेरे
जानेको बुझाउन सक्छस ?
त्यसै पढेर के हुन्छ शेरे
-आशिष दनाई
बेसिशहर,लमजुङ
2070-01-02
Post a Comment